२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का संरचना हटाउन निर्देशन दिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार मातहतका सबै आंगिक क्याम्पसमा पत्र पठाउँदै ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो।

निर्देशनालयका उप–प्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा स्ववियुको स्थानमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न पनि भनिएको छ।

त्रिविले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ गठन गरी त्यसको जानकारी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन क्याम्पसहरूलाई निर्देशन दिएको छ।

निर्देशनालयले विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार यो निर्णय कार्यान्वयन गर्न भनिएको जनाएको छ।

पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप बढ्दै गएको, विद्यार्थीको वास्तविक आवाज प्रभावकारी रूपमा नसमेटिएको तथा शैक्षिक गुणस्तरमा असर परेको उल्लेख गर्दै ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्न अनुरोध गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय