२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौँ, असार १९ – स्पेनको औपचारिक भ्रमण सकेका प्रधानमन्त्री केपी शर्मा ओली आज दोहा, कतार हुँदै स्वदेश फर्किँदै छन्।

प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बाराखास विमानस्थलबाट बिहीबार राति ११ बजे (स्थानीय समयअनुसार) दोहा प्रस्थान गरेका हुन्। दोहाबाट उनी आजै नेपालका लागि प्रस्थान गर्नेछन्।

स्पेनस्थित नेपाली राजदूत शनिल नेपालसहित कूटनीतिक प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा विदाइ गरेका थिए।

प्रधानमन्त्री ओली स्पेनको सेभिया सहरमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनपछि उनले मेड्रिडमा केही कूटनीतिक भेटघाट र कार्यक्रमहरूमा समेत भाग लिएका थिए।

गत असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार १९ गते शुक्रबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको भ्रमणलाई नेपालले आर्थिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको सन्देशको रूपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय