२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूले नेपालमाथि लागेको फिफाको निलम्बन तत्काल फुकुवा गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। आगामी साफ च्याम्पियनसिपमा नेपालको सहभागिता सुनिश्चित गर्न सरकार, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले फिफाको निलम्बन हटे नेपालले आगामी साफ च्याम्पियनसिप खेल्न सक्ने संकेत दिएपछि राष्ट्रिय टोलीका खेलाडीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू र मिडफिल्डर मनीष डाँगीले राष्ट्रका लागि खेल्नु केवल खेल मात्र नभई गौरव, पहिचान र सम्मान भएको बताएका छन्। उनीहरूले निलम्बन फुकुवासँगै नेपाली फुटबललाई पुनः चलायमान बनाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मनीष डाँगीले सामाजिक सञ्जालमा फिफा प्रतिबन्ध हटाइदिन आग्रह गर्दै खेलाडीहरूले वर्षभर राष्ट्रका लागि खेल्ने सपना बोकेर मेहनत गर्ने उल्लेख गरेका छन्। उनले नेपालको झण्डा र जनताको प्रतिनिधित्व गर्ने अवसरबाट खेलाडीलाई वञ्चित नगराउन आग्रह गरेका छन्।

कप्तान किरण लिम्बूले पनि साफ च्याम्पियनसिपको ‘ड्र’मा नेपालको नाम नदेखिनु दुःखद भएको बताएका छन्। उनले प्रतिबन्ध चाँडै हट्ने र नेपाली टोली फेरि अन्तर्राष्ट्रिय मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन्।

साफले सार्वजनिक गरेको प्रतियोगिताको ‘ड्र’मा नेपालको नाम समावेश गरिएको छैन। तर प्रतियोगिता सुरु हुनुअघि फिफाले निलम्बन फुकुवा गरे नेपाललाई प्रतियोगितामा सहभागी गराइने साफले जनाएको छ। प्रतियोगिता आगामी कात्तिक १८ देखि ३१ गतेसम्म बंगलादेशको ढाकामा हुँदैछ।

फिफाले गत असार ११ गते नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको थियो। त्यसयता एक महिनाभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधानका लागि सम्बन्धित निकायबीच ठोस छलफल हुन नसकेको खेलाडीहरूको गुनासो छ।

साफ नेपाली राष्ट्रिय टोलीले नियमित रूपमा खेल्ने सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये एक हो। फिफाले आगामी सेप्टेम्बर १ भित्र निलम्बन हटाए नेपाल आयोजक बंगलादेश, श्रीलंका र भुटानसँग समूह ‘ए’मा रहनेछ। तोकिएको समयभित्र प्रतिबन्ध नहटे नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।

फुटबल खेलाडीहरूले नेपाली फुटबलको भविष्य जोगाउन सम्बन्धित सबै निकायले तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। अहिले खेलाडीहरूले लगातार अपिल गरिरहेका छन्, तर सरकारबाट भने ठोस पहल अझै सार्वजनिक भएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय