२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ल–चीन सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले भोटेकोशी नदीमा बहाव अत्यधिक बढेको छ। बाढीका कारण रसुवाको टिमुरे क्षेत्रसहित विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ।

सशस्त्र प्रहरी बलको टोलीले दिएको जानकारीअनुसार गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेशनमा बाढीले क्षति पुर्‍याएको छ। करिब ७ देखि ८ वटा विद्युतीय सवारीसाधन (इभी) बगाएको प्रारम्भिक जानकारी छ। साथै, रसुवा भन्सार कार्यालयको यार्डमा राखिएका करिब ८–९ वटा कन्टेनर डिब्बा समेत बाढीले बगाएको जनाइएको छ।

रसुवागढी हाइड्रोपावरको ड्याममा पनि बाढीले क्षति पुर्‍याएको पुष्टि भएको छ।

बिहान ५ बजे गुल्म रसुवा कार्यालयबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको नेतृत्वमा २१ जनाको टोली घटनास्थलमा खटिएको छ। उक्त टोलीमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरू छन्, जसले उद्धार कार्यमा खटिएका छन्।

भोटेकोशी नदीमा बाढीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ। बाढीले तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरूपमा कटान गरी सडक अवरुद्ध पारेको छ।

भन्सार यार्डमा ९ जना स्थानीय बासिन्दा, १ जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी जवान प्रदीप वाग्ले बाढीको बीचमा फसेका छन्। उनीहरूको उद्धार कार्य जारी छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूको समन्वयमा जोखिम न्यूनीकरण र उद्धारका प्रयास तीव्र पारिएको छ।

विवरण आउन बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय