
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजेबाट सुरु हुने प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनका लागि लामिछानेले सभामुखसँग समयसमेत मागिसकेका छन्।
लामिछानेले प्रतिनिधि सभामा रसुवा बाढीलगायत विषयमा आफ्नो धारणा राख्ने बताइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
