२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ।

बालुवाटारमा करिब एक घण्टा चलेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, देशभर भइरहेका बाढी, पहिरो र डुबानबाट भएको क्षति तथा उद्धार प्रयासबारे विस्तृत छलफल गरिएको स्रोतले जनाएको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालको उपस्थिति रहेको थियो।

कांग्रेसको बैठक सकिएलगत्तै सभापति देउवा प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार गएका थिए।

बैठकमा आगामी राजनीतिक सहकार्य, राष्ट्रिय आपतकालीन व्यवस्थापन तथा संवैधानिक विषयहरूसमेत जोडिएर छलफल भएको बताइएको छ। उच्च तहका नेताबीचको यो छलफललाई पछिल्ला राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय