२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा | मन्त्री र सांसदको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग | ओली–लेखक पक्राउप्रति नेपाल बार एसोसिएसनको आपत्ति: सरकारको निर्णय ‘पूर्वाग्रही’ |

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गर्दै उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आक्रोश व्यक्त गरे। आन्दोलनमा निजी तथा सरकारी अस्पतालका चिकित्सकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतका केही फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको र चिकित्सकहरूलाई हतोत्साहित बनाएको आरोप लगाउँदै सोमबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय लिएको हो।

संघले असार २० गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको छ।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले अदालतको फैसला चिकित्सकमाथि प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै भने, “राज्यले चिकित्सकमाथि सजायको भार थपेको छ, हामी यस्तो अवस्था स्वीकार्दैनौं। समाधान नभएसम्म आन्दोलन जारी रहन्छ।”

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतका ठूला अस्पतालमा ओपिडी सेवा बन्द हुँदा उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू ठूलो मारमा परेका छन्।

अस्पतालका आकस्मिक सेवा भने सुचारु रहेका छन्।

नेपाल चिकित्सक संघको नेतृत्वमा भएको यो आन्दोलनमा अन्य नौवटा स्वास्थ्यसँग सम्बन्धित संघसंस्थाले पनि समर्थन जनाएका छन्।

चिकित्सकहरूले आन्दोलनमार्फत अदालतको ‘अव्यावहारिक’ फैसलाको खारेजी र चिकित्सकहरूमाथि सुरक्षित वातावरणको माग गर्दै आएका छन्।

सरकारले हालसम्म कुनै ठोस पहल नगरेको भन्दै संघले दबाबका कार्यक्रम अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय