२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

उपल्लो मुस्ताङमा मङ्गलबार साँझ आएको भीषण लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, नेपाल–चीन सीमावर्ती क्षेत्र लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा लामो बाढी आएको थियो।

बाढीका कारण लोमान्थाङ–४ को चुम्जुङ खोलामा रहेको एक पक्की मोटरेबल पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की पुलमा क्षति पुगेको छ। त्यस्तै, फलामे पुल एक थान र तीन वटा काठेपुल समेत बगाएर बाढीले पूर्णरूपमा नष्ट पारेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार, खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र न्याम्डो गाउँका दुई घरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। हालसम्म मानवीय वा पशु चौपायामा कुनै क्षति नभएको जानकारी दिइएको छ।

हाल बाढीको बहाव केही कम भएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षकको टोली र सशस्त्र प्रहरी बल बीओपी नेचुङबाट नौ सदस्यीय टोली खटाइएको छ।

स्थानीयलाई सम्भावित खतराबारे सतर्क गराइएको छ। जिल्ला प्रहरी कार्यालयले अझै पूर्ण रुपमा जोखिम नटरेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय