२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पार्टी अनुशासन विपरीत गतिविधिका कारण साधारण सदस्यता पनि गुम्यो

नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनलाई कारबाही गरिएको हो। गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा सांसद विन्दुकुमार थापाको उजुरीका आधारमा खड्काविरुद्ध अनुशासन प्रक्रिया अघि बढाइएको थियो।

पार्टीको केन्द्रीय अनुशासन आयोगले खड्कासँग स्पष्टीकरण मागेको थियो तर उनले चित्तबुझ्दो जवाफ नदिएको आयोगको ठहर छ। त्यसैले उनलाई कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको पार्टीले जनाएको छ।

खड्का विगतमा कांग्रेसको तर्फबाट मन्त्रीसमेत भएका थिए। तर पछिल्लो समय उनले पार्टी निर्णयविपरीत गतिविधि गरेको र संगठनविरुद्ध काम गरेको भन्दै उनीमाथि अनुशासनात्मक कारबाही गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय