२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

काठमाडौँ उपत्यकामा तीन सयवटा नयाँ बसस्टप निर्माण हुने भएका छन्। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले उपत्यकामा सार्वजनिक यातायात सेवा पुनर्संरचना गर्ने योजनाअन्तर्गत बसस्टप निर्माण गर्न लागेको हो। सडकमात्र निर्माण भई तर नियमित बस बिसौनी नहुँदा यात्रुहरूलाई सास्ती हुन थालेपछि यस्तो योजना अघि सारिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीका अनुसार उपत्यकाको सार्वजनिक यातायातलाई प्रविधिमैत्री र यात्रुमैत्री बनाउने लक्ष्यसहित अध्ययन तथा योजना निर्माण भइरहेको छ। उहाँले भन्नुभयो, “उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन र सञ्चालन सुधार्न दीर्घकालीन रणनीति तय गर्दैछौं।”

बसस्टपसँगै सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन पनि प्राधिकरणको योजनामा समावेश छ। चक्रपथ क्षेत्रमा समेत शौचालयको अभाव रहेको भन्दै प्राथमिकताका साथ समाधान गरिने प्राधिकरणले जनाएको छ।

सार्वजनिक यातायातको रुट पुनःनिर्धारण

प्राधिकरणले सार्वजनिक यातायात सञ्चालनको लागि रुटको प्राथमिकिकरण गर्ने तयारी गरेको छ। साना, मझौला र ठूला गाडी छुट्टाछुट्टै रुटमा चलाइनेछ। एउटै रुटमा सबैखाले सवारी चल्दा हुने भीड, जाम र प्रतिस्पर्धालाई हटाउन रुट आधारित कर प्रणाली लागू गरिने भएको छ।

उपत्यकाको ललितपुर क्षेत्रलाई ‘डेडिकेटेड रुट’को नमुनाको रुपमा विकास गर्ने र त्यहाँ दुई र चार पाङ्ग्रे गाडी सञ्चालनको व्यवस्था मिलाउने तयारी छ।

प्रविधिमा आधारित अनुगमन

सार्वजनिक यातायातमा जिपीएस अनिवार्य गरिनेछ। सबै सवारीको नियमन र अनुगमन अनलाइन प्रणालीमार्फत गरिनेछ। साथै, २० वर्षभन्दा पुराना सवारी साधनलाई विस्थापन गरिने योजना छ।

नगदविहीन (क्यासलेस) भुक्तानी प्रणाली, यात्रुसँग प्रत्यक्ष जोडिने सूचना प्रणाली जस्ता प्रविधि अपनाउने काम पनि प्राधिकरणको योजनामा पर्छ।

२०७९ सालमा पारित ‘शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन’ अन्तर्गत गठन भएको प्राधिकरणको परिषद्को अध्यक्ष काठमाडौँ महानगरपालिकाका मेयर रहने व्यवस्था गरिएको छ। अन्य नगरपालिकाहरूलाई पनि सहभागिता गराइएको छ।

प्राधिकरणको मुख्य जिम्मेवारीमा सार्वजनिक यातायात नीतिको निर्माण, अल्पकालीन तथा दीर्घकालीन रणनीति तयार पार्ने, यात्रु तथा वातावरणमैत्री सेवा सञ्चालन, र सूचना प्रविधिमा आधारित प्रणाली विकास र कार्यान्वयन पर्छन्।

प्रमुख कार्यकारी अधिकृत नेपालीका अनुसार अध्ययनको अन्तिम चरणमा पुगेको यो योजना असोजदेखि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ। उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन प्राधिकरणले बहुआयामिक पहल अघि बढाएको छ।

  •  गोरखापत्र

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय