२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

हाल देशभर मनसुनी वायुको सक्रियता कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानमा कायम रहे पनि पश्चिमतर्फ औसतभन्दा केही उत्तरतिर सरेको बताइएको छ। यसले गर्दा मुलुकभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साथै अन्य केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।

उच्च पहाडी तथा हिमाली भेगहरूमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने जनाएको छ। बाँकी भूभागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा सम्भावित रहेको बताइएको छ।

डुबान, बाढी र पहिरोको जोखिम

महाशाखाले संभावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहाव (Flash Flood) को जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ। तराईका शहरी क्षेत्रहरूमा डुबानको सम्भावना रहेको हुँदा जनतालाई आवश्यक सावधानी अपनाउन भनिएको छ।

“ठूला तथा साना नदीनालामा पानीको बहाव अचानक बढ्न सक्छ,” महाशाखाको सूचनामा उल्लेख छ, “यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्छ।”

पूर्वतयारी र सतर्कता आग्रह

सरोकारवाला निकायलाई पूर्वतयारीमा जुट्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ भने नदी किनारका बस्तीहरूमा सतर्कता आवश्यक रहेको जनाइएको छ।

महाशाखाले नियमित मौसम अपडेटको पालना गर्न र आवश्यक जानकारीका लागि आधिकारिक स्रोतहरूमार्फत सूचना लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय