२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

हाल देशभर मनसुनी वायुको सक्रियता कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानमा कायम रहे पनि पश्चिमतर्फ औसतभन्दा केही उत्तरतिर सरेको बताइएको छ। यसले गर्दा मुलुकभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साथै अन्य केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।

उच्च पहाडी तथा हिमाली भेगहरूमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने जनाएको छ। बाँकी भूभागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा सम्भावित रहेको बताइएको छ।

डुबान, बाढी र पहिरोको जोखिम

महाशाखाले संभावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहाव (Flash Flood) को जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ। तराईका शहरी क्षेत्रहरूमा डुबानको सम्भावना रहेको हुँदा जनतालाई आवश्यक सावधानी अपनाउन भनिएको छ।

“ठूला तथा साना नदीनालामा पानीको बहाव अचानक बढ्न सक्छ,” महाशाखाको सूचनामा उल्लेख छ, “यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्छ।”

पूर्वतयारी र सतर्कता आग्रह

सरोकारवाला निकायलाई पूर्वतयारीमा जुट्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ भने नदी किनारका बस्तीहरूमा सतर्कता आवश्यक रहेको जनाइएको छ।

महाशाखाले नियमित मौसम अपडेटको पालना गर्न र आवश्यक जानकारीका लागि आधिकारिक स्रोतहरूमार्फत सूचना लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय