२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति केपी शर्मा ओलीले बिहीबार त्रिविको वार्षिक सभा (सिनेट) आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएपछि विश्वविद्यालयको स्वायत्तता र परम्परामाथि प्रश्न उठाइएको छ।

त्रिविको परम्परा अनुसार वार्षिक सभा हरेक वर्ष आषाढ शुक्ल नवमीका दिन विश्वविद्यालय परिसरमा बस्ने गरिन्छ। यस वर्ष असार २० गते बैठक तय गरिएको थियो, तर प्रधानमन्त्री ओली हुम्लामा बेलिब्रिज उद्घाटनमा व्यस्त भएकाले बैठक स्थगित भएको थियो। पुनः असार २२ मा पनि नबसिएको बैठक बिहीबार बिहान १० बजे बालुवाटारमा बस्न लागेको हो।

बैठकमा त्रिविको आगामी वर्षका नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिनेछ। साथै करिब ९० हजार विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने महत्वपूर्ण कार्यसूची पनि छ। तर, बैठक स्थल प्रधानमन्त्री निवास तय हुनु र विश्वविद्यालयकै हलमा नबस्नुमा कतिपय पदाधिकारीले असन्तुष्टि जनाएका छन्। उनीहरूले विश्वविद्यालयको शैक्षिक स्वायत्तता र परम्परालाई चुनौती दिने गरी गरिएको भनिरहेका छन्।

यसैबीच, त्रिविमा बुधबार प्रा.डा. दीपक अर्याल नयाँ उपकुलपतिका रूपमा नियुक्त भएका छन्। तर, वार्षिक सभामा विद्यार्थी प्रतिनिधिहरू भने अनुपस्थित रहने भएका छन्। त्रिवि कार्यकारी परिषद्ले प्रतिनिधि नियुक्त नगरेका कारण यो अवस्था आएको हो। स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले “विद्यार्थी सहभागिताले प्रश्न बढाएर बैठक लम्ब्याउने” भन्दै प्रतिनिधि नियुक्त नगर्न निर्देशन दिएका थिए।

नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले यस कार्यको विरोध गरेका छ्न

सिनेट बैठक विश्वविद्यालयको महत्वपूर्ण निर्णय लिने निकाय हो। तर, यो पटकको स्थान, प्रक्रिया र सहभागीता सम्बन्धी निर्णयहरू विश्वविद्यालयको स्वायत्तता र समावेशी अभ्यासप्रति गम्भीर प्रश्न खडा गरिरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय