२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति केपी शर्मा ओलीले बिहीबार त्रिविको वार्षिक सभा (सिनेट) आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएपछि विश्वविद्यालयको स्वायत्तता र परम्परामाथि प्रश्न उठाइएको छ।

त्रिविको परम्परा अनुसार वार्षिक सभा हरेक वर्ष आषाढ शुक्ल नवमीका दिन विश्वविद्यालय परिसरमा बस्ने गरिन्छ। यस वर्ष असार २० गते बैठक तय गरिएको थियो, तर प्रधानमन्त्री ओली हुम्लामा बेलिब्रिज उद्घाटनमा व्यस्त भएकाले बैठक स्थगित भएको थियो। पुनः असार २२ मा पनि नबसिएको बैठक बिहीबार बिहान १० बजे बालुवाटारमा बस्न लागेको हो।

बैठकमा त्रिविको आगामी वर्षका नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिनेछ। साथै करिब ९० हजार विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने महत्वपूर्ण कार्यसूची पनि छ। तर, बैठक स्थल प्रधानमन्त्री निवास तय हुनु र विश्वविद्यालयकै हलमा नबस्नुमा कतिपय पदाधिकारीले असन्तुष्टि जनाएका छन्। उनीहरूले विश्वविद्यालयको शैक्षिक स्वायत्तता र परम्परालाई चुनौती दिने गरी गरिएको भनिरहेका छन्।

यसैबीच, त्रिविमा बुधबार प्रा.डा. दीपक अर्याल नयाँ उपकुलपतिका रूपमा नियुक्त भएका छन्। तर, वार्षिक सभामा विद्यार्थी प्रतिनिधिहरू भने अनुपस्थित रहने भएका छन्। त्रिवि कार्यकारी परिषद्ले प्रतिनिधि नियुक्त नगरेका कारण यो अवस्था आएको हो। स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले “विद्यार्थी सहभागिताले प्रश्न बढाएर बैठक लम्ब्याउने” भन्दै प्रतिनिधि नियुक्त नगर्न निर्देशन दिएका थिए।

नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले यस कार्यको विरोध गरेका छ्न

सिनेट बैठक विश्वविद्यालयको महत्वपूर्ण निर्णय लिने निकाय हो। तर, यो पटकको स्थान, प्रक्रिया र सहभागीता सम्बन्धी निर्णयहरू विश्वविद्यालयको स्वायत्तता र समावेशी अभ्यासप्रति गम्भीर प्रश्न खडा गरिरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय