२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

इङ्ग्लिस फुटबल क्लब चेल्सी अमेरिकामा जारी क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ब्राजिलको फ्लुमिनेन्सेलाई २–० ले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।

चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरेका थिए। उनले पहिलो गोल खेलको १८औं मिनेटमा तथा दोस्रो गोल ५६औं मिनेटमा गर्दै टोलीलाई जित दिलाए। प्रभावशाली प्रदर्शन गरेका पेड्रो म्यान अफ द म्याच समेत घोषित भए।

अब चेल्सीले उपाधिका लागि जुलाई १४ तारिखमा फाइनल खेल्नेछ। चेल्सीको प्रतिस्पर्धी बुधबार राति हुने रियल मड्रिड र पेरिस सेन्ट-जर्मेन (पीएसजी)बीचको सेमिफाइनल विजेता हुनेछ।

चेल्सी यसअघि २०१۲ मा क्लब विश्वकपको फाइनलमा पुगेको थियो, तर उपाधि हात पार्न सकेको थिएन। यसपटक भने टोली आफ्नो पहिलो क्लब विश्वकप उपाधि जित्ने लक्ष्यमा छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय