२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल राष्ट्र बैंकले आज अपराह्न 2082/083 आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा तयार भएको यो मौद्रिक नीति उनको कार्यकालको पहिलो नीतिगत दस्तावेज हुनेछ।

बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रका अनुसार, केही बेरमा बैंकको सञ्चालक समिति बैठक बस्नेछ, जसले मौद्रिक नीतिको अन्तिम मस्यौदा अनुमोदन गर्नेछ। समितिले स्वीकृति दिएलगत्तै आजै दिउँसो नीति सार्वजनिक गरिने छ।

हिजो पनि समिति बैठक बसेको थियो, जहाँ मौद्रिक नीतिको पूर्वभूमिका र रणनीतिक दृष्टिकोणमा छलफल गरिएको थियो। आजको बैठकमा थप नीतिगत व्यवस्थाहरुमा अन्तिम छलफल हुनेछ।

यसपटकको मौद्रिक नीति बजेटसँग तादात्म्य मिलाएर ल्याइँदैछ। कमजोर कर्जाको माग र बैंकमा थुप्रिएको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले उदार नीति लिने संकेत दिएको छ। देशको अर्थतन्त्र अझै पूर्णरूपमा चलायमान नभएको भन्दै मौद्रिक नीतिले कर्जा प्रवाह बढाउने, निजी क्षेत्रलाई सहयोग गर्ने र आर्थिक गतिको पुनःउत्थानमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

गभर्नर पौडेलले आर्थिक स्थायित्व, लगानीमैत्री वातावरण, र वित्तीय प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर नीति तयार गरिएको बताइएको छ।

आजको मौद्रिक नीति सार्वजनिक भएपछि ब्याजदर, कर्जा सीमा, र तरलता व्यवस्थापनसँग सम्बन्धित सूचकहरूमा महत्वपूर्ण परिवर्तन आउने अनुमान गरिएको छ। निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, र लगानीकर्ताले केन्द्रीय बैंकको घोषणाप्रति चासोका साथ नजर राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय