२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको छ। गभर्नर डा. विश्व पौडेलद्वारा सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमार्फत यो निर्णय गरिएको हो। गभर्नर पौडेलको नेतृत्वमा आएको पहिलो मौद्रिक नीतिमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि महत्वपूर्ण राहत व्यवस्था गरिएको छ।

यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ थियो। लगानीकर्ताहरूले पछिल्लो समय उक्त सीमा हटाउन वा वृद्धि गर्न निरन्तर माग गर्दै आएका थिए। राष्ट्र बैंकले उनीहरूको मागलाई सम्बोधन गर्दै यसपटकको नीतिमा कर्जा सीमा १० करोडले बढाएको हो।

नयाँ व्यवस्थाले सेयर लगानीमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। यो निर्णयसँगै अब एक व्यक्तिले २५ करोड रुपैयाँसम्म मार्जिन कर्जा लिन सक्नेछन्, जसले सेयर बजारमा तरलता वृद्धि गर्न सहयोग पुर्‍याउने विज्ञहरूको अनुमान छ।

मौद्रिक नीतिमा कर्जा प्रवाहलाई सन्तुलित बनाउने, तरलता व्यवस्थापन गर्ने र पूँजी बजारलाई सक्रिय बनाउने उद्देश्य राखिएको छ। राष्ट्र बैंकको यो कदमलाई निजी क्षेत्र र लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय