२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अबदेखि सेवाग्राहीले हरेक बैंक वा वित्तीय संस्थामा अलग–अलग ‘ग्राहक पहिचान विवरण’ (केवाइसी) बुझाउनु पर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा केवाइसी प्रक्रिया सरल बनाउने व्यवस्था गरिएको हो।

राष्ट्र बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत विद्युतीय रूपमा प्राप्त गर्न सक्नेछन्। यसले गर्दा ग्राहकले एक पटक मात्र विवरण अद्यावधिक गरेपछि सबै बैंक तथा वित्तीय सेवाप्रदायक संस्थाले सो विवरण साझा गर्न सक्नेछन्।

“बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने छ,” मौद्रिक नीतिमा स्पष्ट उल्लेख छ।

नयाँ प्रणालीअनुसार ग्राहकले एकपटक केवाइसी विवरण अद्यावधिक गरेपछि एउटा विशेष ‘पहिचान नम्बर’ प्रदान गरिनेछ। कुनै पनि बैंक वा वित्तीय संस्थाले त्यस नम्बरको आधारमा ग्राहकको केवाइसी विवरण प्राप्त गर्न सक्नेछन्।

हालसम्म सेवाग्राहीले फरक–फरक बैंकमा खाता खोल्दा हरेक पटक छुट्टाछुट्टै केवाइसी फाराम बुझाउनु पर्ने बाध्यता थियो। यो व्यवस्था सेवाग्राहीका लागि झन्झटिलो मात्र होइन, समय र स्रोतको दुर्व्यवहार पनि बनिरहेको थियो।

राष्ट्र बैंकले यस्ता समस्या समाधान गर्न डिजिटल पूर्वाधारको विकासमा प्राथमिकता दिँदै केवाइसी एकीकृत प्रणाली कार्यान्वयनतर्फ अग्रसरता देखाएको हो।

नयाँ नीति कार्यान्वयन भएपछि ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैंकका कर्मचारीको भनाइ सुन्नुपर्ने बाध्यता हट्नेछ।

यो कदम डिजिटल नेपाल निर्माणतर्फको महत्वपूर्ण पहल मानिएको छ। यसबाट वित्तीय पहुँच थप सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय