२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

मौद्रिक नीतिपछिको पहिलो दिन पुँजी बजारमा उत्साह, नेप्सेमा ३१ अङ्कको सुधार

काठमाडौं, असार २८ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिपछि पुँजी बजारमा सकारात्मक संकेत देखिएको छ। मौद्रिक नीतिपछि पहिलो कारोबार दिन नेप्से परिसूचक २९.०८ अङ्कले उकालो लाग्दै २७६०.८० बिन्दुमा पुगेको छ।

लगानीकर्ताहरूबीच बैंकिङ र लघुवित्त कम्पनीको शेयरमा विशेष चासो देखिएको छ। बजारमा आज ३११ कम्पनीका कुल ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक किनबेच भएका छन्। कुल कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ नाघेको छ, जुन पछिल्लो समयको हिसाबले उल्लेखनीय हो।

कुन समूहले कति कमायो?

सबैभन्दा धेरै वृद्धि बैंकिङ (३.३७%) र लघुवित्त (३.५०%) समूहमा देखिएको छ। यसबाहेक विकास बैंक १.४७%, वित्त १.८७%, होटल तथा पर्यटन ०.४८%, जीवन बीमा ०.०२%, उत्पादन तथा प्रशोधन ०.३१%, र म्युचुअल फन्ड १.०८% ले बढेका छन्।

यद्यपि, केही समूहहरू भने नकारात्मक देखिए। जलविद्युत् ०.८३%, लगानी ०.०८%, निर्जीवन बीमा ०.३४%, व्यापार ०.२६% र अन्य समूह ०.२७% ले घटेका छन्।

शीर्ष गेनर र लूजर

आजको कारोबारमा एनआईसी एसिया बैंक लिमिटेडखानेपानी हाइड्रोपावर कम्पनी लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
अर्कोतर्फ, हिमालयन हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै ९.९३% ले घटेको छ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेड अगाडि देखियो, जसको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भयो।
किनबेच भएका शेयर सङ्ख्याका आधारमा सनराइज ब्लुचिप फन्ड शीर्ष स्थानमा रह्यो, जसको २० लाख ५४ हजार ४ सय कित्ता शेयर किनबेच भएको हो।

मौद्रिक नीतिपछि बजारमा देखिएको सुधारले लगानीकर्ताहरूबीच सकारात्मक सन्देश दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको मजबुत उपस्थिति र उच्च कारोबारले आगामी दिनमा बजार अझ स्थिर हुने अपेक्षा गर्न सकिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय