२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चोकमा सोमबार बिहान एक १८ वर्षीया युवतीको गोली हानी हत्या गरिएको छ। प्रहरीका अनुसार स्थानीय गफार मियाँकी छोरी अरसी खातुनको आफ्नै भिनाजु अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार भारतको बिहारस्थित पत्रहा पंचायत वडा नं. १६ घुर्ना निवासी २९ वर्षीय अजाद मियाँ जटले बिहान करिब २:३० बजे अरसीलाई गोली प्रहार गरेका थिए।

घटनापछि आरोपी अजाद मियाँ फरार छन्। प्रहरीले बिहान ३ बजे घटनाबारे जानकारी प्राप्त गरेपछि तत्काल खोजी कार्य थालेको जनाएको छ।

प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व–दक्षिणमा पर्ने घटनास्थलमा सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण इकाइबाट सुराकी टोली परिचालन गरिएको छ।

प्रहरीले घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने एकवटा नपड्किएको गोलीसमेत फेला पारेको जनाएको छ।

हत्या पछि अरसी खातुनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

हालसम्म हत्या गर्नुपछाडिको कारण खुल्न नसकेको भए पनि प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय