२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

 उपभोक्ताका लागि खुशीको खबर! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा १ रुपैयाँले मूल्य घटाएको घोषणा गरेको हो। नयाँ मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।

मूल्य समायोजनपछि पेट्रोल र डिजेल दुवैमा केही राहत मिल्ने विश्वास उपभोक्ताहरूले व्यक्त गरेका छन्। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गरिएको जनाउँदै आगामी दिनमा पनि मूल्य समायोजन नियमित रूपमा गरिने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय