२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक तथा पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रेडमार्कसम्बन्धी विवादमा अदालत जाने घोषणा गरेका छन्। उद्योग विभागले एनपीएलको ट्रेडमार्क नेपाल क्रिकेट संघ (क्यान) लाई दिने निर्णय गरेपछि अख्तरले उक्त निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका हुन्।

अख्तरले एनपीएलको ट्रेडमार्क, लोगो, बैंक खाता, प्यान र भ्याट नम्बर सबै आफ्नो नाममा रहेको दाबी गर्दै आएका छन्। उनका अनुसार, “एनपीएलको ट्रेडमार्क क्यानलाई मैले कहिल्यै हस्तान्तरण गरेको छैन। उद्योग विभागमा यही प्रश्न उठाउँदै गएका थियौं, तर विभागले पुनः ट्रेडमार्क क्यानसँग रहने निर्णय सुनायो।”

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, “अब हामी उच्च अदालत जान्छौं। एनपीएलको सम्पूर्ण अधिकार र स्वामित्व हाम्रो हो र हुनुपर्छ। यसका लागि हामी कानुनी बाटो अवलम्बन गर्छौं।”

अख्तरका अनुसार, एनपीएल सञ्चालनको अवधारणा दस वर्षअघि आफैले अघि सारेका थिए र त्यो अवधिदेखि नै यसमा लगानी र व्यवस्थापन गर्दै आएका छन्। उनले भने, “मैले ट्रेडमार्कको करसमेत तिरेको छु, यस्तो अवस्थामा क्यानले कसरी अधिकार पाउन सक्छ?”

यसअघि पनि जोरा स्पोर्ट्स इन्टरटेन्मेन्टले एनपीएल सञ्चालनसम्बन्धी सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै क्यानविरुद्ध मुद्दा दायर गरिसकेको थियो। अहिलेको ट्रेडमार्क विवादले नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलको वैधानिकता र भविष्यमा थप अन्योल सिर्जना गरेको छ।

क्यानले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। तर उद्योग विभागको निर्णयपछि क्यान अब एनपीएलको आधिकारिक स्वामित्व दाबी गर्दै प्रतियोगिता अगाडि बढाउने तयारीमा रहेको बुझिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय