२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

सक्रिय मनसुन र बढ्दो बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी कोइराला राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाइएको छ। धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एक महिनासम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाइने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार काभ्रेभन्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्डमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले उक्त निर्णय गरिएको हो। “विपद् न्यूनिकरणका लागि सावधानी अपनाउँदै रातको समयमा सवारी आवागमन पूर्णरूपमा निषेध गरिएको छ,” उनले बताए।

यसअघि पनि असार ७ गतेदेखि १५ दिन र त्यसपछि असार मसान्तसम्म रातको समयमा राजमार्ग बन्द गरिएको थियो। गत साता मात्रै चार पटक बाढीपहिरोका कारण उक्त सडक अवरुद्ध भएको थियो।

विशेषगरी चौकीडाँडा (काभ्रे) देखि वर्षे खोला (सिन्धुली) सम्मको आठ किलोमिटर सडकखण्ड अत्यन्तै जोखिमपूर्ण मानिएको छ। गत वर्षको असोजमा आएको बाढीले सडक नै बगाएको हुँदा अस्थायी रूपमा एकतर्फी वा दुईतर्फी सवारी सञ्चालन गरिएको थियो।

हाल बाढीपहिरोले राजमार्गको झण्डै ८४ किमी खण्डमा गम्भीर क्षति पुर्‍याएको छ। सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्मको ५० किमी सडक अति प्रभावित क्षेत्र मानिएको छ।

धुलिखेल प्रशासन कार्यालयका अनुसार चार खण्डमा राजमार्गको स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दुरीको महत्त्वपूर्ण नाकाका रूपमा रहेको बिपी राजमार्ग हुँदै दैनिक हजारौं सवारी आवतजावत गर्ने गर्दछन्।

प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र रातिको समयमा यात्राबाट जोगिन अनुरोध गरेको छ।

Ask ChatGPT

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय