२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

श्रीलङ्काले सन् २०१५ देखि २०२5 मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ। यो तथ्याङ्क हालै संसदमा श्रीलङ्काका विदेश तथा वैदेशिक रोजगार उपमन्त्री अरुण हेमचन्द्रज्युले प्रस्तुत गर्नुभएको हो।

श्रीलङ्काको केन्द्रीय बैंकका अनुसार यो रकम करिब १३ हजार ९४६ अर्ब श्रीलङ्काली रुपियाँ बराबरको हुन्छ। उपमन्त्री हेमचन्द्रले जानकारी दिनुहुँदै भने, “यस अवधिमा रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याएको छ र यो आम्दानीको प्रमुख स्रोत बन्न पुगेको छ।”

उहाँले सन् २०२५ फेब्रुअरी २५ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै करिब १३ लाख ५० हजार श्रीलङ्काली नागरिकहरू विभिन्न मुलुकहरूमा रोजगारीमा रहेको जानकारी दिनुभयो। मध्यपूर्व, दक्षिण कोरिया, मलेसिया, र युरोपका विभिन्न देशहरू श्रीलङ्काली कामदारहरूका मुख्य गन्तव्य मुलुक मानिन्छन्।

श्रीलङ्काले लामो समयदेखि वैदेशिक रोजगारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै आएको छ। हालैको आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्का सरकारका लागि रेमिट्यान्स आम्दानी अझ महत्त्वपूर्ण बनेको छ। सरकार आगामी वर्षहरूमा वैदेशिक रोजगारीका अवसरहरू अझ विस्तार गर्ने योजनामा पनि रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय