२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध |

श्रीलङ्काले सन् २०१५ देखि २०२5 मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ। यो तथ्याङ्क हालै संसदमा श्रीलङ्काका विदेश तथा वैदेशिक रोजगार उपमन्त्री अरुण हेमचन्द्रज्युले प्रस्तुत गर्नुभएको हो।

श्रीलङ्काको केन्द्रीय बैंकका अनुसार यो रकम करिब १३ हजार ९४६ अर्ब श्रीलङ्काली रुपियाँ बराबरको हुन्छ। उपमन्त्री हेमचन्द्रले जानकारी दिनुहुँदै भने, “यस अवधिमा रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याएको छ र यो आम्दानीको प्रमुख स्रोत बन्न पुगेको छ।”

उहाँले सन् २०२५ फेब्रुअरी २५ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै करिब १३ लाख ५० हजार श्रीलङ्काली नागरिकहरू विभिन्न मुलुकहरूमा रोजगारीमा रहेको जानकारी दिनुभयो। मध्यपूर्व, दक्षिण कोरिया, मलेसिया, र युरोपका विभिन्न देशहरू श्रीलङ्काली कामदारहरूका मुख्य गन्तव्य मुलुक मानिन्छन्।

श्रीलङ्काले लामो समयदेखि वैदेशिक रोजगारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै आएको छ। हालैको आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्का सरकारका लागि रेमिट्यान्स आम्दानी अझ महत्त्वपूर्ण बनेको छ। सरकार आगामी वर्षहरूमा वैदेशिक रोजगारीका अवसरहरू अझ विस्तार गर्ने योजनामा पनि रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय