२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध |

हास्यव्यङ्ग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गरेका छन्।

दर्शकश्रोतालाई मनोरञ्जन दिँदै सामाजिक तथा राजनीतिक विकृतिमाथि व्यङ्ग्यात्मक प्रहार गर्ने उद्देश्यले तयार गरिएको ‘मिसन नौटङ्की’ गाईजात्रा अवसरमा सार्वजनिक गरिएको हो। कलाकार रिजालका अनुसार यस किसिमका कोसेली व्यावसायिक भन्दा पनि कलाकारको सामाजिक धर्मअनुरूपको अभिव्यक्ति हुन्।

“गाईजात्रालाई लक्षित गर्दै सुरुदेखि नै व्यङ्ग्यात्मक कोसेली ल्याउँदै आएको छु,” रिजालले बताए, “दर्शकहरू वर्षैपिच्छे कोसेलीको प्रतीक्षा गर्नुहुन्छ भन्ने लागेको छ, त्यसैले निरन्तरता दिँदै आएको छु।”

वि.सं. २०६१ देखि गाईजात्रा अवसरमा नियमित रूपमा व्यङ्ग्य प्रस्तुति ल्याउँदै आएका रिजालले ‘मिसन नौटङ्की’ मा हालको राजनीतिक घटनाक्रम, सामाजिक विकृति, फेसन र ग्ल्यामरस क्षेत्रलाई समेत व्यङ्ग्य गरेका छन्।

“अहिले नेताहरू ‘मिसन ८४’ भन्दै नयाँ सपना बाँडिरहेका छन्, तर काममा होइन प्रचारमा मात्रै केन्द्रित छन्,” रिजालले भने, “त्यसैलाई लक्षित गर्दै तयार गरिएको हास्य प्रस्तुति हो ‘मिसन नौटङ्की’। उद्देश्य कसैलाई व्यक्तिगत रूपमा आक्षेप लगाउनु होइन, जनतालाई बाँडिएको झुटा आश्वासनलाई व्यङ्ग्य गर्नु हो।”

यस गाईजात्रे कोसेलीमा चर्चित फिल्म ‘जात्रै जात्रा’को गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ समेत प्रस्तुत गरिएको छ।

‘मिसन नौटङ्की’ को लेखन र निर्देशन कलाकार रिजालले आफैं गरेका हुन्। कार्यक्रममा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, वेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गरेका छन्।

गाईजात्राको सन्दर्भमा प्रत्येक वर्ष हास्यव्यङ्ग्य प्रस्तुतिको परम्परा झनै सशक्त बन्दै गएको छ, जसले नेपाली समाजमा मनोरञ्जनसँगै चेतनाको सन्देश पनि फैलाइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय