२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

भक्तपुरको बोडेमा आज बिहान एकै ठाउँमा दुई किशोरी दिदीबहिनीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतकहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल हुन्।

उनीहरू मध्यपुर ठिमी नगरपालिका–८, बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार बिहान करिब पौने सात बजे स्थानीयले दुई तले ट्रष्टको घरको भुइँतलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा दिदीबहिनीले सँगै आत्महत्या गरेको आशंका गरेको छ। तर, घटनाको यथार्थ कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको टोली पुगेको छ। शवलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी भइरहेको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय