२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

सप्तरी जिल्लामा पछिल्लो पाँच दिनको अवधिमा चार जना व्यक्तिहरू विभिन्न स्थानमा मृत अवस्थामा फेला परेका छन्। एकपछि अर्को गरी शङ्कास्पद र दर्दनाक घटनाहरू सार्वजनिक भइरहेका बेला स्थानीयवासीहरूले सुरक्षाको माग गर्दै प्रहरीको अनुसन्धानप्रति पनि प्रश्न उठाएका छन्।

धान खेतमा अज्ञात शव भेटियो

सबैभन्दा पछिल्लो घटना बुधबार राजगढ गाउँपालिका–५, मलेकपुर कामत टोलमा सार्वजनिक भएको हो। स्थानीय गुलाब सिंहको धान खेतमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गर्दै अनुसन्धान थालेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार, शवको पहिचान खुल्न सकेको छैन तर मृतक मुस्लिम समुदायजस्तो देखिएको प्रारम्भिक अनुमान गरिएको छ।

ससुरालीमै मृत भेटिएका जितेन्द्र यादव

यसअघि मङ्गलबार, विष्णुपुर गाउँपालिका–१, खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव सोही जिल्लाको राजगढ गाउँपालिका–३ स्थित आफ्नै ससुराली घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। शव शंकास्पद अवस्थामा भेटिएकाले पोष्टमार्टमका लागि धरान पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२२ वर्षीय युवाको शव मट्टिगढामा फेला

मङ्गलबारकै दिन अग्निसाई कृष्णासवरण गाउँपालिका–३, रामजानकी टोलमा स्थानीय बलराम चौधरीका छोरा कृष्णकुमार चौधरी (गोलु) मृत फेला परेका थिए। घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

महिला मृत फेला परेपछि थप तनाव

यसअघि शनिबार, राजविराज नगरपालिका–८ हिमालय टोलमा कृष्ण पोखरेलको घरमा डेरा गरी बस्दै आएकी २९ वर्षीया ऋतु पौडेल आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीयको चिन्ता र प्रहरीको प्रतिक्रिया

यस्ता घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहँदा स्थानीयवासीले अपराध नियन्त्रणमा प्रहरीको कमजोरी रहेको भन्दै चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार दोषीहरूलाई कारबाहीको प्रक्रिया कमजोर हुँदा यस्ता घटनामा वृद्धि भएको हो।

तर, प्रहरी प्रवक्ता बस्नेतले भने, “सबै घटनाहरूको सूक्ष्म अनुसन्धान भइरहेको छ, कुनै पनि घटना गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय