२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

स्मार्टफोन बजारमा सशक्त उपस्थिति राख्दै आएको सामसङले आफ्नो आगामी फ्ल्यागशीप स्मार्टफोन सिरिज एस२६  मा एकभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनीहरूसँगको सहकार्यमार्फत नयाँ फिचर थप्ने तयारी गरिरहेको छ।

ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्तामा सामसङका उच्च अधिकारीले जानकारी गराएअनुसार कम्पनीले सन् २०२६ मा सार्वजनिक गर्न लागिएको एस२६ सिरिजमा गुगलको Gemini AI सहित ओपनएआई, परप्लेक्सिटी जस्ता कम्पनीका एआई समाधान समावेश गर्ने योजनामा काम गरिरहेको छ।

सामसङका अध्यक्ष तथा मोबाइल एक्सपेरियन्स सीओओ चोइ वन-जुनले भने, “हामी उपभोक्तालाई अझ बढी विकल्प दिन चाहन्छौं। त्यसैले विभिन्न एआई प्रदायकहरूसँग छलफल भइरहेको छ।” उनले अबका फ्ल्यागशीप फोनहरू ‘मल्टिपल एआई पार्टनरसिप’ मा आधारित हुने संकेत पनि दिएका छन्।

यो समाचार सामसङले परप्लेक्सिटीसँगको सम्भावित सहकार्यको चर्चा बाहिर आएपछि सार्वजनिक भएको हो। रिपोर्टहरूअनुसार, सामसङले आफ्नो आगामी ग्यालेक्सी S25 मा गुगल जेमिनी हटाएर परप्लेक्सिटीको एआई असिस्टेन्ट प्रयोग गर्ने योजना बनाएको थियो। यद्यपि यो निर्णय अन्तिम नभएको अधिकारीहरूले जनाएका छन्।

प्रतिद्वन्द्वी मोटोरोलाले समेत माइक्रोसफ्ट, गुगल र परप्लेक्सिटीसँग सहकार्य गर्दै आफ्नो Moto AI Suite मा नयाँ फिचरहरू ल्याउने घोषणा गरिसकेको छ। उता ओपनएआईले पनि एप्पलसँगको सहकार्यमार्फत नयाँ आइफोनहरूमा आफ्ना एआई फिचर एकीकृत गरिसकेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय