२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ मा मृर्गौला र कलेजो प्रत्यारोपणमा उल्लेखनीय सफलता हासिल गरेको छ। केन्द्रका अनुसार, गत असार महिनामा मात्रै ३० वटा मृर्गौला प्रत्यारोपण शतप्रतिशत सफलताका साथ सम्पन्न भएका छन्।

आर्थिक वर्षभरिमा केन्द्रले कुल १८६ जनाको मृर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो। तीमध्ये एक बिरामीमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो एउटैपटक प्रत्यारोपण गरिएको थियो।

केन्द्रको नेतृत्वमा देशका विभिन्न प्रादेशिक अस्पतालहरूमा समेत सेवा विस्तार गरिएको छ। सुर्खेत, पोखरा र भेरी अस्पतालमा गरी ८ वटा मृर्गौला प्रत्यारोपणहरू सम्पन्न भएका छन्।

मृर्गौला प्रत्यारोपण गरिएका बिरामीहरूको उमेर १४ देखि ७१ वर्षसम्मको थियो। तीमध्ये ८० प्रतिशतभन्दा बढी (१५५ जना) बिरामी २० देखि ४९ वर्ष उमेर समूहमा परेका छन्।

लैंगिक हिसाबले १३६ जना पुरुष (७३%) र ५० जना महिला (२७%) मृर्गौला प्राप्तकर्तामा छन् भने अङ्गदातामा महिला संख्या उल्लेखनीय छ—१३० जना महिला (७०%) र ५५ जना पुरुष (३०%) अंगदाता थिए।

उपचारका लागि केन्द्रमा आएका बिरामीहरूमध्ये बागमती प्रदेशबाट ३२%, कोशीबाट २७%, गण्डकीबाट १३%, लुम्बिनीबाट ११%, मधेसबाट १०%, कर्णालीबाट ५% र सुदूरपश्चिमबाट २% रहेका छन्।

अङ्ग प्रत्यारोपण गराएकामध्ये ५२% बिरामी आदिवासी जनजाति, २६% ब्राह्मण-क्षेत्री, ११% मधेसी, ९% दलित र २% मुस्लिम समुदायबाट रहेका छन्।

प्रतिष्ठित शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापना यता १३ वर्षको अवधिमा १४७१ मृर्गौला र ३४ कलेजो प्रत्यारोपण गरिसकिएको छ।

नेपाल सरकारको योजना अनुसार, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्यका साथ केन्द्रले हालसम्म बागमती, गण्डकी, कर्णाली र लुम्बिनीमा सेवा सुरु गरिसकेको छ। बाँकी तीन प्रदेशमा पनि निकट भविष्यमा सेवा सुरु गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ।

शहीद धर्मभक्त केन्द्रको यो उपलब्धि अंग प्रत्यारोपण सेवा विस्तार तथा जीवन रक्षाको क्षेत्रमा नेपालको लागि ऐतिहासिक सफलता मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय