२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका छन्।

सरकारका कामकारबाही र विधेयकसम्बन्धी असमझदारीका विषयमा दुई शीर्ष नेताबीच गम्भीर संवाद हुने अपेक्षा गरिएको छ। तर, मन्त्री हेरफेरको विषय पनि छलफलको एजेन्डामा रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेर गर्न इच्छुक रहेको तर कांग्रेस सभापति देउवाले यसमा तत्काल सहमति नदेखाएको स्रोतले जनाएका छन्। ओलीले आफ्नै दलका केही मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरूको हेरफेर गर्ने मनस्थिति बनाइसकेको र यही विषयमा देउवासँग छलफल गर्ने तयारीमा रहेको प्रधानमन्त्री निकट एक नेताले बताए।

यसअघि सरकारले कार्यसम्पादन र नीति कार्यान्वयनमा देखिएको असहमति र अन्य विवादलाई सम्बोधन गर्न यी दुई नेताबीचको भेट महत्वपूर्ण मानिएको छ। बैठकबाट निक्लने निष्कर्षले आगामी राजनीतिक परिस्थितिमा असर पार्ने विश्वास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय