२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ।

क्यान अन्तर्गतको नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको वित्तीय विवरणअनुसार कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ भएको छ। प्रतियोगिता आयोजना गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्।

बचत भएको कुल रकममध्ये ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटै फ्रेन्चाइज टोलीहरूलाई बाँडिएको छ। बाँकी रकममध्ये ७० लाख रुपैयाँ प्रदेश क्रिकेट संघहरूलाई प्रदान गरिएको छ भने शुद्ध बचत रकम २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा सुरक्षित गरिएको हो।

एनपीएलको पहिलो संस्करणले व्यवसायिकरूपमा उल्लेख्य सफलता हासिल गरेको क्यानले जनाएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको आर्थिक सम्भावना र व्यवस्थापन क्षमतालाई नयाँ उचाइमा पुर्‍याएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय