२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन सोमबार तुर्कमेनिस्तानको अवाजा शहरतर्फ प्रस्थान गरेका छन्।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन गएका हुन्। सम्मेलन साउन २० देखि २३ गतेसम्म अवाजा शहरमा हुनेछ।

प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन्। साथै, उनी सम्मेलन अन्तर्गत आयोजना हुने उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने र अन्य विविध कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।

नेपाल अहिले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्र हो। सम्मेलनमा एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ देशहरू सहभागी हुनेछन्। सहभागी मुलुकहरूले समुद्रमा प्रत्यक्ष पहुँच नहुँदा भोग्नु परेका समस्या, व्यापारिक सीमितता, यातायात पूर्वाधारको अभाव, तथा विश्व बजारमा पहुँच विस्तारका उपायहरूबारे छलफल गर्नेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापालगायत सहभागी छन्। भ्रमण सकेर प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम छ।

यसबीच, प्रधानमन्त्रीको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय