२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेपालको यू–२० महिला फुटबल टिमले आजदेखि सुरू हुने एएफसी यू–२० महिला एशियन कप छनोटमा आफ्नो ऐतिहासिक यात्रा आरम्भ गर्दैछ। भुटानको राजधानी थिम्पुमा आयोजना हुने समूह ‘ए’ को पहिलो खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ। प्रतियोगिता सुरु हुनुअघि नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको तयारीबारे विश्वस्त हुँदै छनोट चरण पार गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल रहेको समूह ‘ए’ मा उत्तर कोरिया, साउदी अरब र भुटान छन्। मङ्गोलिया यसअघि यही समूहमा भए पनि उसले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो। समूहकै बलियो टिम मानिएको उत्तर कोरिया एएफसी महिला एसियन कपको पूर्व विजेता हो।

३२ देशको सहभागिता, ११ स्थानको होड

यस छनोट प्रतियोगितामा कुल ३२ देश सहभागी छन्। आठ समूहमा विभाजित टिममध्ये प्रत्येक समूहका विजेता ८ टिम र उत्कृष्ट ३ उपविजेता टिमले आगामी वर्ष थाइल्यान्डमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप २०२६ का लागि स्थान सुरक्षित गर्नेछन्।

साफ उपविजेता नेपालको आत्मविश्वास बलियो

नेपालको महिला यू–२० टोलीले दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बन्ने सफलतापछि मनोबल उच्च बनाएको छ। प्रतियोगितामा भारतसँगको फाइनलमा १–० ले पराजित भए पनि नेपालको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो।

यो प्रतियोगिता नेपालका युवा महिला खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गर्ने ठूलो अवसर हो। प्रशिक्षकदेखि खेलाडीहरूमा जितका लागि उच्च आशा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय