२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

शनिबार सम्पन्न ‘भ्वाइस किड्स’ चौंथो सिजनको ग्रान्ड फिनालेमा सोनाली राजभण्डारी विजेता घोषित भएकी छन्। कोच मेलिना राईको टिमकी सदस्य सोनालीले सर्वाधिक भोट प्राप्त गर्दै उपाधि चुमिन्।

विजेताका रूपमा उनले १० लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरिन्। फिनालेमा कुल आठ प्रतिस्पर्धीबीच कडा मुकाबला भएको थियो। कोच खेम सेन्चुरी, सत्यराज आचार्य, मिलन नेवार र मेलिना राईका टिमबाट प्रत्येकी दुई–दुई प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गरेका थिए।

उपाधि जितेपछि सोनालीले मिहेनत सफल भएको भन्दै खुसी व्यक्त गरिन्। आफ्नो टिमकी सदस्यको जितमा कोच मेलिना राई पनि निकै उत्साहित देखिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय