२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

कपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर भएको मुद्दा राजनीतिक वा पार्टीको मुद्दा नभएको स्पष्ट पारेका छन्। उनले यो विषयलाई पार्टीको सामूहिक मुद्दा भनेर गलत धारणा फैलाउनु उचित नहुने बताए।

सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका टिप्पणी नगर्न नेताहरुलाई आग्रह गरे। उनले पार्टी नेताहरूले व्यक्तिगत मुद्दालाई राजनीतिक मुद्दा भन्दै बेतुकका अभिव्यक्ति दिनु अनावश्यक भएको जिकिर गरे।

खनालका अनुसार, सचिवालय बैठकमा उनले अध्यक्ष नेपाललाई पतञ्जली जग्गा प्रकरणमा सहजता होस् भन्ने उद्देश्यले प्रस्ताव राखेका थिए। “यो कुनै बदलाको भावना वा सत्ताच्युत गर्ने प्रयोजनका लागि होइन, उहाँको मुद्दालाई अनुकूल बनाउनकै लागि हो,” खनालले स्पष्ट पारे।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। २०६६ सालमा पतञ्जली योगपीठले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा खरिद गरेको ५९३ रोपनी जग्गामध्ये ठूलो भाग काष्ठमण्डप हाउजिङलाई बिक्री भएको आरोप छ। मन्त्रिपरिषद्को निर्णयमार्फत ८१५ रोपनी जग्गा खरिद गर्न अनुमति र पछि बिक्रीको स्वीकृति दिँदा कानुन उल्लङ्घन भएको भन्दै अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरेको हो।

माधव नेपालको सांसद पदसमेत निलम्बन भएको छ। खनालले यस्तो अवस्थामा नेताहरूले भावनात्मक र बचपना देखाउने अभिव्यक्ति दिनुभन्दा अध्यक्ष नेपाललाई कानुनी रूपमा सहयोग पुग्ने उपायमा ध्यान दिनुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय