२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालक संगठनहरूले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका संरचनालाई आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन्। विज्ञप्तिमा प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सन अध्यक्ष सुभाष न्यौपानेको हस्ताक्षर छ।

आन्दोलनका प्रारम्भिक कार्यक्रमअनुसार आज पहिलो दिन देशभरका पालिका प्रमुख तथा शिक्षा शाखामा ज्ञापनपत्र बुझाउने कार्य भइरहेको छ। आगामी शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाइनेछ। भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई ज्ञापनपत्र बुझाउने योजना छ।

यसपछि भदौ २ गते आफ्ना क्षेत्रीय सांसदलाई ज्ञापनपत्र बुझाउने र राष्ट्रिय परिषद्को भर्चुअल बैठकमार्फत सुझाव संकलन गर्ने कार्यक्रम तय गरिएको छ। साथै, भदौ ३ गते पालिकास्तरीय, भदौ ४ गते जिल्लास्तरीय, भदौ ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक हुनेछ।

भदौ ६ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पनि प्याब्सन–एनप्याब्सनले घोषणा गरेका छन्। दुवै संगठनले विधेयकमा निजी विद्यालयको हकहित सुनिश्चित नभएको र प्रस्तावित व्यवस्थाले निजी क्षेत्रलाई कमजोर पार्ने भन्दै संशोधनको माग गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय