२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अष्ट्रेलियाको डार्विनमा सुरु हुने टप एन्ड टी–२० सिरिजमा खेल्नेछ। पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले यस सिरिजलाई विश्वकप छनोटअघिको महत्त्वपूर्ण तयारीको अवसरका रूपमा लिएको छ। प्रतियोगितामा नेपालसहित पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, र अष्ट्रेलियाको बिग ब्यास लिगका मेलबर्न स्टार्स एकेडेमी तथा मेलबर्न रेनेगेड्स एकेडेमी सहभागी छन्।

तालिका अनुसार नेपालले पहिलो खेलपछि शनिबार बंगलादेश ‘ए’, सोमबार मेलबर्न स्टार्स एकेडेमी, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी र आगामी शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो सिरिज यही वर्ष अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीकै हिस्सा हो। क्रिकेट संघ नेपाल (क्यान) का अनुसार, सिरिज सकिएपछि टोलीले अष्ट्रेलियामै थप एक हप्तासम्म अभ्यास खेल्नेछ। यस क्रममा नेपालले अगस्ट २६ मा क्रिकेट एसिटीसँग दुई तथा अगस्ट २८ मा साउथ अष्ट्रेलियासँग दुई गरी चारवटा टी–२० अभ्यास खेल खेल्नेछ। साथै, अगस्ट ३० मा साउथ अष्ट्रेलियासँग एकदिवसीय खेल हुने कार्यक्रम छ।

अष्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्ने तय भएको छ। ओमानमा हुने एसिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष तीन टोलीले सन् २०२६ मा भारतमा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय