२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

रोजगारीका लागि कोरिया जानुपर्ने भाषा परीक्षामा यस वर्ष १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन्।

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको थियो। ईपीएस कोरिया शाखाका अनुसार आवेदन दिने संख्यामा यसपटक उल्लेख्य वृद्धि भएको छ।

शाखाले जनाएको अनुसार भाषा परीक्षाबाट करिब ५ हजार ३ सय जना मात्र उत्तीर्ण हुनेछन्। त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना छनोट हुनेछन्। तर उत्पादन र कृषि क्षेत्रमा आवेदन दिनेहरूको छुट्याउने कार्य अझै बाँकी छ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको श्रम मन्त्रालयबीच भएको समझदारीअनुसार कोरियामा नेपाली कामदार पठाइँदै आएको छ। योग्य उम्मेदवार छनोट गर्न पहिलो चरणमा भाषा परीक्षा हुने व्यवस्था गरिएको छ।

एचआरडी कोरियाले यस वर्षका लागि ५ हजार ३ सय कोटा तोकेको छ। परीक्षा एक दिनमा पाँचवटासम्म सिफ्टमा हुने र आवश्यक परे तालिका परिमार्जन गर्न सकिने ईपीएस शाखाले जनाएको छ।

भाषा परीक्षाको सबै केन्द्र काठमाडौंमा हुनेछन्। नतिजा एचआरडी कोरियाबाट प्राप्त भएपछि मात्र प्रकाशन गरिनेछ। नतिजा अनलाइनमार्फत पनि हेर्न सकिने व्यवस्था छ।

परीक्षा ५० मिनेटमा सकिनेछ, जसमा पढाइका २० प्रश्न र सुनाइका २० प्रश्न रहनेछन्। दुई भागबीच विश्राम नहुने व्यवस्था गरिएको छ।

परीक्षार्थीले सक्कल राहदानी र प्रवेश पत्र अनिवार्य रूपमा लैजानुपर्नेछ। नक्कल गर्ने वा गराउनेलाई चार वर्षसम्म पुनः परीक्षामा बस्न प्रतिबन्ध लगाइने चेतावनी पनि दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय