२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

रोजगारीका लागि कोरिया जानुपर्ने भाषा परीक्षामा यस वर्ष १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन्।

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको थियो। ईपीएस कोरिया शाखाका अनुसार आवेदन दिने संख्यामा यसपटक उल्लेख्य वृद्धि भएको छ।

शाखाले जनाएको अनुसार भाषा परीक्षाबाट करिब ५ हजार ३ सय जना मात्र उत्तीर्ण हुनेछन्। त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना छनोट हुनेछन्। तर उत्पादन र कृषि क्षेत्रमा आवेदन दिनेहरूको छुट्याउने कार्य अझै बाँकी छ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको श्रम मन्त्रालयबीच भएको समझदारीअनुसार कोरियामा नेपाली कामदार पठाइँदै आएको छ। योग्य उम्मेदवार छनोट गर्न पहिलो चरणमा भाषा परीक्षा हुने व्यवस्था गरिएको छ।

एचआरडी कोरियाले यस वर्षका लागि ५ हजार ३ सय कोटा तोकेको छ। परीक्षा एक दिनमा पाँचवटासम्म सिफ्टमा हुने र आवश्यक परे तालिका परिमार्जन गर्न सकिने ईपीएस शाखाले जनाएको छ।

भाषा परीक्षाको सबै केन्द्र काठमाडौंमा हुनेछन्। नतिजा एचआरडी कोरियाबाट प्राप्त भएपछि मात्र प्रकाशन गरिनेछ। नतिजा अनलाइनमार्फत पनि हेर्न सकिने व्यवस्था छ।

परीक्षा ५० मिनेटमा सकिनेछ, जसमा पढाइका २० प्रश्न र सुनाइका २० प्रश्न रहनेछन्। दुई भागबीच विश्राम नहुने व्यवस्था गरिएको छ।

परीक्षार्थीले सक्कल राहदानी र प्रवेश पत्र अनिवार्य रूपमा लैजानुपर्नेछ। नक्कल गर्ने वा गराउनेलाई चार वर्षसम्म पुनः परीक्षामा बस्न प्रतिबन्ध लगाइने चेतावनी पनि दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय