
इङलिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ।
आइतबार राति ओल्ड ट्राफोर्डमा भएको पहिलो खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो। खेलको १३औँ मिनेटमा डिफेन्डर रिकार्डो कालाफियोरीले गरेको गोल नै निर्णायक बन्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेडले खराब सुरुवात गरेको छ।
सिजनको पहिलो जितसँगै आर्सनल ३ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
उही रात दि सिटी ग्राउण्डमा भएको खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै अंक तालिकाको पाँचौँ स्थानमा पुगेको छ।
त्यस्तै, चेल्सी र क्रिष्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा सकियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।