२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

आफूलाई झाँक्रीको रुपमा परिचय दिने प्रकाश भुजेलले प्रयोग गर्दै आएको ‘डा.’ उपाधि नक्कली भएको पुष्टि भएको छ। यसैबीच उनले सामाजिक आलोचना बढेपछि आफूलाई प्रदान गरिएको अवार्ड फिर्ता गर्ने घोषणा गरेका छन्।

भुजेलले अवार्ड ग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। आलोचनापछि उनले अवार्ड फिर्ता गर्ने निर्णय सार्वजनिक गर्दै, समाजसेवामा आफ्नो योगदान भने निरन्तर रहने दाबी गरे।

यसअघि उनले आफ्नो नामको अगाडि ‘डा.’ राखेपछि सामाजिक सञ्जालमा ट्रोल बनेका थिए। झाँक्री पेसासँग संलग्न व्यक्तिले चिकित्सकीय पदवी प्रयोग गरेको विषयमा धेरैले आपत्ति जनाएका थिए।

भुजेलले भने आफूलाई “इन्स्टिच्युट अफ आन्त्रप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज” ले सम्मान गरेको कारणले डाक्टरको उपाधि प्रयोग गरेको बताएका थिए। तर, सो संस्था कुनै विश्वविद्यालय नभएको र अन्य कुनै विश्वविद्यालयसँग सम्बन्धन समेत नलिएको पुष्टि भएको छ।

शोधपछि थाहा भएको छ कि उक्त संस्थाले तालिमका नाममा यस्ता ‘सम्मान’ वितरण गर्ने मात्र होइन, बिक्री समेत गर्ने गरेको छ। यही आधारमा भुजेलले आफ्नो नाम अगाडि ‘डा.’ लेखेको खुलेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय