२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै सक्रिय कार्यकर्ता बनेर निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। बिहीबार काठमाडौंमा आयोजित मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको बहुदलीय जनवादलाई अघि बढाउँदै एमालेमा सक्रिय रहिरहने स्पष्ट संकेत दिइन्।

भण्डारीले भनिन्, “पार्टीले मलाई रोक्न खोजे पनि मर्म र भावनाअनुसार जनताको बहुदलीय जनवादलाई अघि बढाउँदै काम गर्छु। एमालेले मार्गदर्शक सिद्धान्तकै रूपमा बहुदलीय जनवादलाई लिएको छ। त्यसको मर्मअनुसार काम भयो कि भएन, समीक्षा गर्नुपर्छ।”

उनले ठूला दलहरूले राजनीतिक प्रणालीलाई अपेक्षित गतिमा अघि बढाउन नसकेको, वैदेशिक ऋण र व्यापार घाटा बढ्दै गएको तथा राष्ट्रिय पूँजी विकासमा कमजोरी देखिएको बताइन्।

सिमित पदका लागि मात्र राजनीति नगर्नुपर्ने भन्दै उनले पार्टीभित्र लोकतान्त्रिक प्रणाली कमजोर भएको टिप्पणी गरिन्। “राजनीतिक प्रणाली जसरी अघि बढाउनु पर्छ, त्यसरी अघि बढाउन सकेका छैनौं। मैले भने भने एमालेलाई आलोचना गरेजस्तो लाग्न सक्छ, तर अग्रज पार्टी भएकाले विचार पुर्‍याउनुपर्छ,” उनले भनिन्।

पूर्वराष्ट्रपतिले मधेसमा पिउने पानीको पहुँच, युवाका लागि रोजगारी र उद्योगधन्दाको विकास जस्ता मुद्दामा दलहरूले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिइन्। उनका अनुसार युवाहरूमा बढ्दो निराशालाई चिर्न राजनीतिक दलहरूले ठोस कदम चाल्न आवश्यक छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय