२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज (शुक्रबार) भूटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल भूटानको चाम्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि भएको पहिलो खेलमा भारतसँग ७–० को ठूलो अन्तरले पराजय व्यहोरेको थियो। त्यसपछि टोली पुनः आत्मविश्वास बटुल्दै भूटानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ।

साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिन लिग प्रणालीमा भइरहेको छ, जसअनुसार सबै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली नै उपाधि विजेता घोषित हुनेछ।

नेपालले आगामी खेलहरूमा भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते फेरि भूटानसँग खेल्ने तालिका रहेको छ। प्रतियोगिता अगस्ट ३१ (भदौ १५) सम्म सञ्चालन हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय