२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज (शुक्रबार) भूटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल भूटानको चाम्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि भएको पहिलो खेलमा भारतसँग ७–० को ठूलो अन्तरले पराजय व्यहोरेको थियो। त्यसपछि टोली पुनः आत्मविश्वास बटुल्दै भूटानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ।

साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिन लिग प्रणालीमा भइरहेको छ, जसअनुसार सबै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली नै उपाधि विजेता घोषित हुनेछ।

नेपालले आगामी खेलहरूमा भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते फेरि भूटानसँग खेल्ने तालिका रहेको छ। प्रतियोगिता अगस्ट ३१ (भदौ १५) सम्म सञ्चालन हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय