२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला |

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक पारित गर्दै ऐतिहासिक निर्णय गरेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकद्वारा प्रस्तुत विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयक अनुमोदन भएको घोषणा गरे।

जसअघि सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयकलाई सरकारले प्रारम्भिक रूपमा प्रस्तुत गरेको भन्दा अझ उन्नत, व्यवहारिक र पारदर्शी बनाएर अघि बढाइएको बताए। उनका अनुसार, विधेयक पारित गरेर संसदले ऐतिहासिक प्रस्थान गरेको छ।

लेखकले विशेषगरी “आमालाई पनि वंशको आधार मान्ने” व्यवस्था यस विधेयकमार्फत व्यवहारिक रूपमा स्थापना भएको उल्लेख गर्दै नागरिकताको क्षेत्रमा नयाँ अध्याय सुरु भएको दाबी गरे।

यससँगै विधेयक कार्यान्वयन भएपछि नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा देखिएका धेरैजसो समस्या समाधान हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय