२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ। उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि नेपाल जितको संघारमै हार्न पुग्यो।

अन्तिम ओभरमा नेपाललाई आठ रन चाहिएको थियो। पाँच विकेट बाँकी रहँदा खेल नेपालको पक्षमा रहेको देखिँदै थियो। तर, कुशल मल्ल स्टम्पिङ, आरिफ शेखले अनावश्यक डट खेल्दा दवाव बढ्यो। अन्तिम बलमा नेपाललाई तीन रन आवश्यक थियो। क्रिजमा रहेका दीपेन्द्रले रिभर्स स्वीप प्रहार गरे पनि केवल एक रनमै रनआउट भए र खेल पाकिस्तानको पक्षमा गयो।

यसअघि टस हारेर पहिले बलिङ गरेको नेपालले पाकिस्तानलाई दवावमा राखेको थियो। ऐरीले दोस्रो ओभरमै दुई विकेट लिए भने सोमपाल कामीले तीन विकेट हात पारे। तर अन्तिम पाँच ओभरमा पाकिस्तानले ६१ रन जोड्दै फाइटिङ टोटल बनायो। कप्तान इरफान खान ४२ रनसहित टिमलाई उकासे।

नेपालको रनचेज ढिलो गतिमा अघि बढ्यो। ओपनर कुशल भुर्तेल चाँडै आउट भए भने आसिफ शेख र कप्तान रोहित पौडेलले ५२ रनको साझेदारी गरे। तर रनरेट बढ्न नसक्दा दवाव बढ्यो। अन्तिममा दीपेन्द्र (४० रन) र पौडेल (५० रन) ले नेपाललाई जित नजिक पुर्याए पनि निर्णायक क्षणमा गल्ती भएपछि टिम सुपरओभरसम्म पुग्न सकेन।

यस हारसँगै नेपाल सेमिफाइनल पुग्ने अवसर गुमाएको छ

पाकिस्तानको बलियो टिमसँग कडा प्रतिस्पर्धा गर्नु नेपालका लागि ठूलो अनुभव बनेको छ। प्रशिक्षकका अनुसार यो प्रतियोगिता आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि उपयुक्त अभ्यास साबित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय