२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा विजयी सुरुवात गरेको छ। अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध खेलेको खेलमा नेपालले ४१ रनले जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन जोड्यो। ओपनर आसिफ शेखले ६९ रनको अर्धशतक बनाए भने कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।

१७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमै १३६ रनमा समेटियो। नेपालको बलिङतर्फ पूर्वकप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिएका थिए। त्यसैगरी करण केसीले २ विकेट, कुशल भुर्तेल र रुपेश सिंहले १-१ विकेट लिए।

एसीटीका जेक स्मिथले ५० रन बनाए भने जाक केघले २५ रनको योगदान दिए। काइ ब्रंकर २६ रनमा अविजित रहे तर टोलीलाई जित दिलाउन सकेनन्।

नेपालले पहिलो अभ्यास खेलमा शानदार प्रदर्शन गर्दै आत्मविश्वास बढाएको छ। टोलीले आजै दोस्रो अभ्यास टी–२० खेल खेल्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय