२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

पार्टी अध्यक्ष केपी शर्मा ओलीले खुलेर असन्तुष्टि जनाइरहेको बेला पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अझै निर्णायक रूपमा राजनीतिक मञ्चमा सक्रिय भएकी छन्। उनले हाल भंगालस्थित निवासलाई भेटवार्ताको केन्द्र बनाउँदै एमालेभित्रका दोस्रो–तेस्रो तहका नेतादेखि अन्य दलका शिर्ष नेता सम्मसँग निरन्तर संवाद चलाइरहेकी छन्।

मंगलबार बिहान मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद मनिष झा र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग करिब डेढ घण्टा लामो छलफल गरिन्। सो क्रममा भण्डारीले सहकारी ठगी प्रकरणलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई अनावश्यक दुःख दिइएको भन्दै असन्तुष्टि प्रकट गरेकी थिइन्। झाका अनुसार, उनले रविप्रति सद्भाव रहेको खुलेरै बताइन्।

यसअघि उनले कांग्रेस नेता शेखर कोइराला, नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, बागमती प्रदेशका मन्त्री तथा एमाले नेता जयराम थापा लगायतसँग पनि भेटघाट गरिसकेकी छन्। भण्डारीको यस्तो निरन्तर सक्रियतालाई एमालेभित्र मात्र नभई समग्र राष्ट्रिय राजनीतिसँग जोडेर व्याख्या गर्न थालिएको छ।

विशेषज्ञहरूका अनुसार, ओलीले उनलाई निष्क्रिय बनाउन खोजेपनि भण्डारी उल्टै बहुपक्षीय भेटवार्ताले आफ्नो राजनीतिक हैसियत बलियो बनाउँदैछिन्। यही कारण उनको भेटघाटलाई आगामी राजनीतिक समीकरण र सत्ता–सन्तुलनसँग गाँसेर हेरिन थालेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय