२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा लिपुलेकबारे स्पष्ट रूपमा आवाज उठाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गरेपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै, भारत–चीनबीच भएको लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने सहमति नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण भएको दाबी गरे।

“नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ। त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला,” उनले लेखेका छन्।

प्रधानमन्त्रीको भ्रमण सफल होस् भन्ने शुभकामना दिँदै बालेनले त्यसबारेमा कुरा हुने विश्वास व्यक्त गरेका छन्। उनले थप लेखे, “हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।”

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि चीन पुगेका छन्। उनी सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका हुन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय भएको छ।

चीन र भारतबीच लिपुलेक मार्ग हुँदै व्यापार गर्ने सम्झौता भएपछि नेपालमा संसददेखि सडकसम्म तीव्र विरोध भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारिसकेको छ भने भारतीय विदेश मन्त्रालयले भने नेपालले गरेको दाबी स्वीकार गर्न नसक्ने प्रतिक्रिया दिएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय