२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयको विरोधमा तीन दिने सत्याग्रह सुरु गरेका छन्। उनले भदौ १५ गतेदेखि कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज परिसरबाट सत्याग्रह थालेका हुन्।

आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले नेता–माफियाको हितमा गरिएको निर्णयले शिक्षाको गुणस्तर खस्काउने र आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्ने आरोप लगाए। उनका अनुसार, त्रिवि मेडिकल अध्ययन संस्थानजस्ता सरकारी संस्थान आधारभूत पूर्वाधार अभावका कारण सीमित विद्यार्थी पढाउन सक्ने अवस्थामा रहेका बेला पर्याप्त पूर्वाधार र बिरामी चाप नभएका निजी कलेजलाई उल्टै बढी सिट दिने निर्णय दुर्भाग्यपूर्ण छ।

सत्याग्रहमार्फत डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्न, गेटा मेडिकल कलेजको शिक्षण अस्पताल तथा शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्।

त्यसैगरी, अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधान तत्काल कार्यान्वयन गर्नुपर्ने मागसमेत उनले राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय