२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ३१.१७ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २,७४९.८३ विन्दुमा सीमित भएको छ।

बलिया र राम्रा कम्पनीको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९८ प्रतिशतले घटेर ४७२.९८ विन्दुमा पुगेको छ। आइतबार नेप्सेमा ३२१ वटा स्क्रिप्टमा १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर, करिब ६ अर्ब ६ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आइतबार नेप्सेमा सूचीबद्ध १३ वटै समूह राताम्मे भएका छन्। समूह अनुसार गिरावट यस प्रकार छ:

  • अन्य समूह: १.६०%

  • बैंकिङ: ०.७४%

  • विकास बैंक: १.५५%

  • फाइनान्स: १.१९%

  • होटल: १.१८%

  • हाईड्रो: १.४२%

  • लगानी: १.०३%

  • जीवन बीमा: ०.९१%

  • उत्पादन तथा प्रशोधन: ०.९९%

  • लघुवित्त: १.४४%

  • म्युचुअल फन्ड: ०.३५%

  • निर्जीवन बीमा: १.१९%

  • व्यापार: ०.०५%

धेरै कारोबार गर्ने कम्पनीहरू:

  • नेपाल पुनर्बीमा कम्पनी: ४५.४६ करोड

  • हिमालयन रि इन्स्योरेन्स: २८.८८ करोड

  • हिमालयन डिष्ट्रिलरी: २६.३३ करोड

  • नेपाल रिपब्लिक मिडिया: २१.०२ करोड

  • पिपुल्स पावर: १८.३९ करोड

धेरै कमाउने र गुमाउने कम्पनीहरू:

  • उन्नती सहकार्य लघुवित्त: +६.७७%

  • आशा लघुवित्त: +४.१६%

  • समता घरेलु लघुवित्त: +२.६४%

  • नेपाल रिपब्लिक मिडिया: -७.४५%

  • छ्याङदी हाईड्रो: -७.०७%

  • पिपुल्स पावर: -५.४१%

  • विकास हाईड्रो: -४.६८%

लगातार गिरावटका कारण लगानीकर्ताको मनोबल प्रभावित भएको छ भने, लाभांश क्षमता भएका कम्पनीमा लगानी गर्न भने अझै अवसर रहेको विशेषज्ञहरूले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय