साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ३१.१७ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २,७४९.८३ विन्दुमा सीमित भएको छ।
बलिया र राम्रा कम्पनीको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९८ प्रतिशतले घटेर ४७२.९८ विन्दुमा पुगेको छ। आइतबार नेप्सेमा ३२१ वटा स्क्रिप्टमा १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर, करिब ६ अर्ब ६ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आइतबार नेप्सेमा सूचीबद्ध १३ वटै समूह राताम्मे भएका छन्। समूह अनुसार गिरावट यस प्रकार छ:
-
अन्य समूह: १.६०%
-
बैंकिङ: ०.७४%
-
विकास बैंक: १.५५%
-
फाइनान्स: १.१९%
-
होटल: १.१८%
-
हाईड्रो: १.४२%
-
लगानी: १.०३%
-
जीवन बीमा: ०.९१%
-
उत्पादन तथा प्रशोधन: ०.९९%
-
लघुवित्त: १.४४%
-
म्युचुअल फन्ड: ०.३५%
-
निर्जीवन बीमा: १.१९%
-
व्यापार: ०.०५%
धेरै कारोबार गर्ने कम्पनीहरू:
-
नेपाल पुनर्बीमा कम्पनी: ४५.४६ करोड
-
हिमालयन रि इन्स्योरेन्स: २८.८८ करोड
-
हिमालयन डिष्ट्रिलरी: २६.३३ करोड
-
नेपाल रिपब्लिक मिडिया: २१.०२ करोड
-
पिपुल्स पावर: १८.३९ करोड
धेरै कमाउने र गुमाउने कम्पनीहरू:
-
उन्नती सहकार्य लघुवित्त: +६.७७%
-
आशा लघुवित्त: +४.१६%
-
समता घरेलु लघुवित्त: +२.६४%
-
नेपाल रिपब्लिक मिडिया: -७.४५%
-
छ्याङदी हाईड्रो: -७.०७%
-
पिपुल्स पावर: -५.४१%
-
विकास हाईड्रो: -४.६८%
लगातार गिरावटका कारण लगानीकर्ताको मनोबल प्रभावित भएको छ भने, लाभांश क्षमता भएका कम्पनीमा लगानी गर्न भने अझै अवसर रहेको विशेषज्ञहरूले बताएका छन्।