२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकले आज काठमाडौँमा बस र्‍याली निकालेका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्त रूपमा रिङरोड घेरि स्कुल बससहितको प्रदर्शन गरेका हुन्।

यसअघि उनीहरूले पाँच बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेका थिए। उनीहरूको मागअनुसार विधेयकमा रहेका ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनुपर्ने छ। निजी विद्यालय सञ्चालकले पूर्ण छात्रवृत्ति दिने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै पोसाक, स्टेसनरी, खाना, खाजा) उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन्। यस्तै कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान पनि हटाउनुपर्ने उनीहरूको भनाइ छ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेका अनुसार आज २७ किलोमिटर लामो चक्रपथमा सयौँ स्कुल बस उतारिएका थिए। “आज पूरै रिङरोडमा स्कुल बस निकालेका छौँ,” उनले बताए।

तर, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले भने प्रदर्शनका कारण सवारी–आवागमनमा ठूलो समस्या नभएको स्पष्ट पारे। “निजी विद्यालय सञ्चालक सडकमा उत्रिएपछि केही असहज त हुन्छ। तर डाइभर्सन गर्नुपर्ने वा सवारी नै बन्द गर्नुपर्ने अवस्था थिएन,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय