२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकले आज काठमाडौँमा बस र्‍याली निकालेका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्त रूपमा रिङरोड घेरि स्कुल बससहितको प्रदर्शन गरेका हुन्।

यसअघि उनीहरूले पाँच बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेका थिए। उनीहरूको मागअनुसार विधेयकमा रहेका ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनुपर्ने छ। निजी विद्यालय सञ्चालकले पूर्ण छात्रवृत्ति दिने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै पोसाक, स्टेसनरी, खाना, खाजा) उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन्। यस्तै कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान पनि हटाउनुपर्ने उनीहरूको भनाइ छ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेका अनुसार आज २७ किलोमिटर लामो चक्रपथमा सयौँ स्कुल बस उतारिएका थिए। “आज पूरै रिङरोडमा स्कुल बस निकालेका छौँ,” उनले बताए।

तर, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले भने प्रदर्शनका कारण सवारी–आवागमनमा ठूलो समस्या नभएको स्पष्ट पारे। “निजी विद्यालय सञ्चालक सडकमा उत्रिएपछि केही असहज त हुन्छ। तर डाइभर्सन गर्नुपर्ने वा सवारी नै बन्द गर्नुपर्ने अवस्था थिएन,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय