२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

बुधबार पनि नेप्से परिसूचक लगातार दोहोरो अंकले घटेको छ। आज नेप्से १५.६४ अंकले घटेर २,७२६.३३ बिन्दुमा रोकिएको छ। यसअघि मंगलबार नेप्से १९.८९ अंकले घटेको थियो।

नेप्से घटेपनि आजको कारोबार रकममा सामान्य सुधार देखिएको छ। कुल ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँ बराबरको कारोबारमा रहेको छ।

आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंकले क्रमशः घटेको छ।

हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर ३२३.६० रुपैयाँमा पुगेको छ। युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एनएमबी हाइब्रिड फन्डको शेयर मूल्य ३.२७ प्रतिशतले बढेर ९.१५ रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, लिबर्टि इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.९९ प्रतिशतले घटेर २१८.७३ रुपैयाँमा पुगेको छ। छ्याङ्दी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ भने नेपाल रिपब्लीक मिडियाको शेयर ३.८८ प्रतिशतले घटेर ४६१.२७ रुपैयाँमा कारोबार भएको छ। सिकलेस हाइड्रोपावरको शेयर मूल्य ३.७६ प्रतिशतले घटेको छ।

आज युनियन हाइड्रोपावर लिमिटेड, लिबर्टि इनर्जी कम्पनी, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय