२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । यसका लागि आन्तरिक छलफल जारी रहेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री बन्ने सम्भावित नाममा अधिवक्ता ओमप्रकाश अर्याल र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको चर्चा भए पनि अन्तिम निर्णय भने भइसकेको छैन । हालसम्म सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले स्वयं सम्हाल्दै आएकी छन् ।

यसबीच, प्रधानमन्त्री कार्कीले शनिबार ‘जेन–जी’ आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई काठमाडौंका विभिन्न अस्पतालमा भेटेकी थिइन् । उनले बानेश्वर र महाराजगञ्जलगायत स्थानको अवलोकनसमेत गरेकी थिइन् ।

‘जेन–जी’ आन्दोलनका क्रममा काठमाडौंसहित देशभर आगजनी, तोडफोड र लुटपाट भएका थिए । सो क्रममा शीतल निवास, बालुवाटार, संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख संरचना क्षतिग्रस्त भएका छन् ।

राजनीतिक स्थायित्वका लागि मन्त्रिपरिषद् विस्तारलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कार्की नेतृत्वको सरकारले कसलाई मन्त्री बनाउने भन्ने चासो अझै बढेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय